अमेरिकामा प्रतिसेकेण्ड एक जनामा कोरोना संक्रमण, हरेक २ मिनेटमा १ जनाको मृत्यु

2020-10-31

एजेन्सी - अमेरिका कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ९० लाख ३४ हजार २ सय ९५ पुगेको छ। हालसम्म २ लाख २९ हजार ५ सय ४४ जनाको मृत्यु भइसकेको छ।

महामारी सुरु भएयता २ सातामै १० लाख संक्रमित थपिएका हुन्।

अमेरिकामा शुक्रबारमात्रै ८९ हजार ३ सय ६१ संक्रमित थपिएका छन्। यसअघि बिहीबार ८८ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो।

फ्लोरिडामा शुक्रबार ५ हजार ५ सय संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख नाघेको छ। यस्तै, ९ वटा अन्य राज्यले पनि संक्रमितको संख्यामा रेकर्ड बनाएका छन्। ती राज्यमा इलिनोइस, इण्डियाना, मैनी, मिसिगन, मिनेसोटा, न्यु मेक्सिको, नर्थ क्यारोलिना, नर्थ डकोटा र ओहियो रहेका छन्।

बाल्टिमोरका स्वास्थ्य आयुक्त डा लियाना वेनले हरेक सेकेण्डमा एक जनामा कोरोना पुष्टि भइरहेको बताइन्। उनका अनुसार अमेरिकामा हरेक २ मिनेटमा एक जनाको मृत्यु भइरहेको छ र यो संख्यामा वृद्धि भइरहेको छ। केही राज्यमा दुई जनामध्ये एक जनामा कोरोना देखिएको उनले बताइन्।

अमेरिकी स्वास्थ्य अधिकारीहरुले संक्रमित र मृतकको संख्या यही दरमा वृद्धि हुँदै जाने हो भने आगामी जनवरीको मध्यसम्ममा दैनिक २२ सय ५० अमेरिकीको मृत्यु हुने चेतावनी दिएका छन्, जुन अहिलेको दैनिक मृत्यु संख्याको तेब्बर हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ