कर्णालीमा थप अन्योल : मुख्यमन्त्री शाहीलाई ओली र प्रचण्डको बेग्लाबेग्लै पत्र

2020-10-24

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा उत्पन्न विवादको समाधान बिन्दु खोज्न असफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फरकफरक पत्र पठाएका छन्। सार्वजनिक भएको पत्रमा दुवैले फरकफरक व्यहोरा उल्लेख गरेका छन्।

ओलीले कात्तिक ५ गते मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा पूर्व प्रमुख सचेतक गुलाबजंग शाहलाई गरिएको कारबाही फिर्ता लिन भनेका छन्।

'अनुशासित तबरले प्रमुख सचेतको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक श्री गुलाबजंग शाहमाथि तपाईंले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत् प्रमुख सचेतको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु', ओलीले शाहीलाई लेखेको पत्रमा भनेका छन्।

असोज २५ गते शाहीमाथि पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि शाहीले शाहलाई पदमुक्त गरेका थिए।

शुक्रबार अर्का अध्यक्ष प्रचण्डले पनि शाहीलाई फरक व्यहोरासहितको निर्देशन दिएका छन्।

'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हामी दुई अध्यक्षहरुबीच कार्तिक ४ गते मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो', प्रचण्डको पत्रमा उल्लेख छ, 'यो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु।'

प्रचण्डले बोधार्थमा कर्णाली प्रदेशका नेकपा सह इन्चार्ज यामलाल कँडेल, सह इन्चार्ज प्रकाश ज्वाला, सह इन्चार्ज कालीबहादुर मल्ल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई उल्लेख गरेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ