अख्तियार भन्छ : बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण पुगेन

2020-10-20

काठमाडौं–सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि थप छानविन गर्न प्रमाण प्राप्त नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ। 

घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ। लेखा समितिले केही हप्ताअघि समितिबाट थप छानबिन गर्नु भनि पठाएका विषयहरुमा जवाफ माग गर्दै पत्र लेखेको थियो। 

उक्त पत्रको जवाफमा अख्तियारले समिति बनाएर अनुसन्धान सुरु भएको जवाफ दिएको हो। स्वीस कम्पनीका स्थानीय एजेन्ट भनिएका विजयप्रसाद मिश्रलाई अख्तियारमा उपस्थित भएर प्रमाणहरु पेश गर्न भनिएको अख्तियारको जिकीर छ। स्वीस कम्पनीका एजेन्टसँग गरिएको कुराकानीका विषयमा मन्त्री र सुरक्षा मुद्रणमा संलग्न पदाधिकारीसँग अनुसन्धानका लागि आवश्यक जानकारी लिइएको अख्तियारले समितिलाई पठाएको पत्रमा उल्लेख छ।

मन्त्री बाँस्कोटा र मिश्रका बीचमा भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ। थप अनुसन्धानका लागि यसको वास्तविक (ओर्जिनल) कन्टेन्टसहितको विवरण आवश्यक देखिएकाले पेश गर्न मिश्रका नाममा सूचना जारी गरिएको आयोगले जनाएको छ। मिश्र अख्तियारमा उपस्थित भएपछि अनुसन्धान अघि बढाउने आयोगले जनाएको छ।

बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका थिए। यो संवादमा मन्त्रीले एजेन्ट मिश्रलाई फोन गरेका हुन् वा मिश्रले भन्नेचाहिँ खुल्दैन। तर घुसको डिल गरेको भने प्रष्ट खुल्छ। मिश्रले मन्त्री बाँस्कोटाले सुरुमा दुई अर्ब घुस मागेको बताए। तर कम्पनीको नियमअनुसार प्रतिशतका आधारमा मात्र जाने हो भने मिल्छ भनेर कुरा गरेको उनले बताए। आउट अफ ट्याकमा चाहिँ त्यही कुरा गर्न खोजेको मिश्रको भनाइ थियो। यो विवाद लेखा समिति पुगेपछि सार्वजनिक भएको थियो। तत्कालीन समयमा समितिका सदस्यहरुको समेत यसमा मिलेमतो भएको भन्दै आलोचना भएको थियो । 

सेक्युरिटी प्रेस खरिदका लागि भएका आवश्यक कागजात र प्रमाण संकलन गरि अनुसन्धान गरिरहेको आयोगको पत्रमा उल्लेख छ।  

अघिल्लो सरकारका पालामा ८ अर्बमा खरिद गर्ने भनिएको सेक्युरिटी प्रेस प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा २७ अर्ब पुगेको थियो। तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग नभई आफैंसँग कुरा गर्न आग्रह गरेको अडियोमा उल्लेख थियो। स्वीस कम्पनीका एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा कर्मचारीलाई अश्लील शव्दसमेत प्रयोग गरिएको थियो।

 

 

नेपाल लाइभले समाचार लेखेको छ। 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ