डिएलएमा बारका २ पूर्वअध्यक्षसहित ५ जना कारबाहीमा, आफ्नै उम्मेदवारलाई हराएको आरोप

2020-10-17

काठमाडौं - नेपाल बार एसोसिएसनको चुनावमा आफ्नो संगठनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनले (डिएलए) तीन वरिष्ठ अधिवक्तासहित ५ जनालाई कारबाही गरेको छ। डिएलएले बिहीबार नेपाल बारका दुई पूर्वअध्यक्षसहित ५ जनालाई कारबाही गरेको हो।

२०७५ चैतमा सम्पन्न निर्वाचनमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग डिएलएका उम्मेदवार सुनीलकुमार पोखरेल पराजित भएका थिए। पराजयपछि चुनावको समीक्षा गरी सुझाव दिन डिएलएले समिति गठन गरेको थियो। सुझाव र प्राप्त उजुरीका आधारमा ५ जनालाई कारबाही गरिएको डिएलएले जनाएको छ।

डिएलएले कारबाही गरेका बारका पूर्वअध्यक्षमा हरिहर दाहाल र प्रेमबहादुर खड्का छन्। उनीहरूलाई डिएलएको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ।

यस्तै, डिएलएकै पूर्वअध्यक्ष यदुनाथ खनाललाई पनि साधारण सदस्य नरहने गरी कारबाही गरिएको डिएलएको भनाइ छ। बारका पूर्वमहासचिव विजय मिश्र र काठमाडौं बारका पूर्वअध्यक्ष सीताराम दवाडीलाई कारबाही गरिएको छ।

डिएलएको अनुशासन समितिले भदौ ३ गते ५ जनालाई नै स्पष्टीकरण सोधेको थियो। उनीहरू पाँचै जनाले स्पष्टीकरणको जवाफ निदिएको समेत डिएलएले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ