स्वास्थ्य मापदण्ड पुरा गरेर तोकिएको भाडादरमा यात्रु बोक्नू : यातायात विभाग

2020-10-17

काठमाडौं - यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य निर्देशिका र मापदण्ड पुरा गरेर यात्रु बोक्न व्यवसायीलाई निर्देशन दिएको छ। त्यस्तै विभागले यात्रुसँग तोकिएको भाडामात्र लिन भनेको छ।

दसैं सुरू भएसँगै यात्रुको चाप बढ्ने र व्यवसायीले बढी भाडा लिनसक्ने भएकाले विभागले सचेत गराएको हो। विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो बताएको हो। कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द रहेको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज १ देखि खुलेका थिए।

त्यसअघि असार २६ देखि जिल्लाभित्र स्थानीय रूटका बस चल्न दिइएको थियो। त्यसरी बस चलाउँदा सिट क्षमताका आधामात्र यात्रु राख्न पाइने र निर्धारित भाडामा ५० प्रतिशत बढी लिन पाइने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

अब भने स्वास्थ्य मापदण्ड पूरा गर्दै सिट क्षमता अनुसार नै यात्रु राख्न पाइने र भाडा पनि विभागले निर्धारण गरेको मात्र लिन पाइने छ।
यो वर्ष कोरोना भाइरस सृजित समस्याका कारण दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाइएको छैन। यात्रुको चाप विगतमा जस्तो नभएकाले टिकट बुकिङ नखुलाइएको विभाग तथा व्यवसायीको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ