कर्णालीका मुख्यमन्त्रीसहित प्रदेशका पदाधिकारी काठमाडौं आउँदै

2020-10-14

काठमाडाैं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पार्टीका प्रदेश कमिटीका पदाधिकारी बुधबार काठमाडौ आउने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीका विरुद्ध पेश भएको अविस्वास प्रस्तावलाई लिएर विवाद चर्किएपछि छलफलका लागि उनीहरु काठमाडौं आउन लागेका हुन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा उनीहरुलाई काठमाडौं बोलाएर छलफल गर्ने सहमति गरेका थिए। त्यसपछि मुख्यमन्त्रीसहित सबै पदाधिकारी काठमाडौ आउन लागेका हुन्।

मुख्यमन्त्री सकेसम्म बुधबार बेलुकासम्म काठमाडौ आउने उनका प्रेस सल्लाहकार ध्रुव बिसीले बताए। ‘आज बिहानैदेखि मुख्यमन्त्री छलफलमा जुट्नु भएको छ ’ बिसीले भने, ‘मुख्यमन्त्रीज्यू सकेसम्म आजै काठमाडौ जाने कार्यक्रम छ।’ मुख्यमन्त्री शाहीसहित आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसमेत आउन लागेका छन्।

यस्तै प्रदेशका सह–इन्चार्ज एवंं प्रदेश सभा सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मासमेत काठमाडौं आउने भएका छन्। प्रदेशका इन्चार्ज जनार्दन शर्मा भने काठमाडौमै छन्। अध्यक्षद्वय ओली तथा प्रचण्डले बिहीबार मुख्यमन्त्रीसहित प्रदेशका इन्चार्जं, सह–इन्चार्ज, अध्यक्ष र सचिवसँग मुख्यमन्त्रीविरुद्धको अविस्वास प्रदेश र प्रदेश समस्याका विषयमा छलफल गर्ने भएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध गत आइतबार नेकपाका १८ सांसदले अविस्वास प्रस्ताव ल्याएका थिए। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री शाहीलाई सघाएपछि अविस्वास प्रस्ताव असफल भएको छ। मुख्यमन्त्री शाहीले निलम्बन गरेका गुलाबजंग शाहीले बोलाएको दलको बैठकमा मंगलबार अविस्वास प्रस्ताव ल्याउने १८ मध्ये जम्मा ११ जनामात्रै सहभागी भएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ