काठमाडौं उपत्यका बाहिर कोरोना छ भन्ने महसुसै हुँदैन : संसदीय उपसमिति

2020-10-13

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले काठमाडौं उपत्यका बाहिर कोरोना केन्द्रित सतर्कता चिन्ताजनक भएको बताएको छ। 

कोभिड– १९ सम्बन्धी सरकारले गरेको कामको विषयमा निरीक्षण गर्न गठित उपसमितिले देशैभरी गरेको अनुगमन र निरीक्षणपछि आज समितिमा प्रस्तुत निष्कर्षमा काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भयावह स्थिति आउन सक्ने चेतावनी दिएको छ।

सोमबार बसेको समितिको भर्चुअल बैठकमा उपसमिति संयोजक जीवराम श्रेष्ठले ब्रिफिङ गरेका थिए।

‘उपत्यकाबाहिर गएपछि कोभिड –१९ छ भन्ने महसुस नै नहुने स्थिति छ', समिति बैठकमा श्रेष्ठले भने, 'मेलाबजार चलिरहेको छ। सरकारी कार्यालयमा भिडभाड छ। सिडिओ कार्यालयहरूमा मान्छेको चाप देखिन्छ।'

उनले जहीँतहीँ मानिसहरूको भीड देखिएकाले उपत्यकाबाहिरका जिल्लाहरू गम्भीर अवस्थामा छन् भन्ने महसुस गरेको बताए। '१० प्रतिशतले मात्रै मास्क प्रयोग गरेका छन्', उनले भने, 'बेलैमा सचेत नहुने हो भने भयावह स्थिति आउन सक्छ।’

उनले काठमाडौं उपत्यकाकै जस्तो अवस्था अन्यत्र त्यहाँ देखियो भने व्यवस्थापन गर्न नसक्ने स्थितिमा पुग्ने बताए। 'त्यहाँ प्रशासनले जनचेतना फैलाउनुपर्छ। कडाइका साथ हेल्थ प्रोटोकल पालना गराउनुपर्छ। यसमा समयमै सरकारको ध्यान दिनुपर्ने जरुरी छ,’ उनको सुझाव छ।

कोभिड संक्रमण बढिरहेको स्थितिमा काठमाडौंलाई सिल गरेर आवतजावत बन्द गर्नुपर्ने उपसमितिको ठहर रहेको श्रेष्ठले बताए। ‘समुदायस्तरमा फैलिसकेकाले अब लकडाउनले काम नगर्ने स्थिति छ। अब उपत्यकाको मान्छे बाहिर नजाउन् भन्नेमा हामीले ध्यान दिनुपर्छ। २-३ हप्ता हामीले उपत्यकाको बोर्डरलाई सिल गर्ने र भित्रको जनजीवन चल्न दिने गर्नुपर्छ', श्रेष्ठले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ