रोग र भोकले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री ओली

2020-10-10

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले र‍ोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको बताएका छन्। एनआरएनको विश्व ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत रहेको बताए।

'रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु', प्रधानमन्त्रीले भने, 'त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।'

कोभिड–१९ को विश्वव्यव्यापी महामारीको असर नेपालमा पनि परेको र अहिलेसम्म यो बढिरहेको बताउँदै उनले नियन्त्रणका प्रयासहरु जारी उल्लेख गरे।

'अझै प्रभावकारी ढंगले प्रयासहरुलाई अघि बढाएर हामी केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौँ', उनले भने।

यतिबेला नेपाल सरकारको काममध्ये प्रमुख काम कोभिड नियन्त्रणको लागि प्रयास गर्नु, कोभिडका विरुद्ध लड्नु, जनतालाई सुरक्षित राख्ने भएको प्रधानमन्त्रीको भनाइ छ।

'मैले सुरुदेखि नै भन्दै आएँ, सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको जीवनरक्षा गर्नु हो', उनले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ