तिन जना मन्त्री तत्काल नियुक्त हुने‚ औपचारिक पुनर्गठन तिहारपछि

2020-10-08

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहकारी विकासगरी तीन मन्त्री तत्काल नियुक्त गर्ने भएका छन्। तर, औपचारिक पुनर्गठन भने दशैं तिहारपछि मात्रै हुने भएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बिहीबार भएको छलफलमा रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त गर्ने समझदारी भएको प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले बताए।

‘प्रधानमन्त्रीज्यूले रिक्त मन्त्रालयमा मन्त्री नहुँदा सारै गाह्रो भएको जनाउनुभएको छ। तीन मन्त्री तत्काल नियुक्त गरौं‚ अरु औपचारिक पुनर्गठन तिहारपछि गरौंला भन्ने छ‚’ ती स्थायी कमिटी सदस्यले भने, ‘दशैंअघि रिक्त रहेका तीन मन्त्रीले जिम्मेवारी लिने समझदारी भएपनि को को मन्त्री हुने भन्ने फिक्स भएको छैन।’

अहिलेसम्म अर्थमन्त्रीमा पार्टी महासचिव विष्णु पौडेल हुने पक्कापक्कीजस्तै भएको ती स्थायी कमिटी सदस्यले बताए। तर, सहरी विकास मन्त्रीमा भने कृष्णगोपाल श्रेष्ठ र सुरेन्द्र पाण्डेमध्ये एक जना हुने सम्भावाना रहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। यद्यपि पाण्डेले सार्वजनिक रुपमा अर्थ मन्त्रालय नपाए सहरी विकास मन्त्री नहुने बताइसेका छन्।

अहिलेसम्म सञ्चारमा जनार्दन शर्मा, महेश बस्नेत, पम्फा भुसाल, विशाल भट्टराई, राजेन्द्र गौतमलगायत नेताले आकांक्षा देखाएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ