देउखुरीको पक्षमा मतदान गर्ने कांग्रेस सांसदहरू

2020-10-06

काठमाडौँ- रुपन्देही आसपास जिल्लाका सांसदहरुको प्रदेशको स्थायी राजधानी सार्न नदिने प्रयास असफल भएको छ।

नेकपालाई पार्टीले घोषित रुपमै दाङको देउखुरीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। पार्टीको निर्णयलाई सत्तारुढ दल नेकपाका सांसदहरुले स्वीकारे। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले भने कांग्रेसको निर्णलाईलाई बेवास्ता गरिदिए। 

प्रदेशसभामा १९ सांसद रहेको कांग्रेसका ५ जनाले दाङको देउखुरीको पक्षमा मतदान गरेका छन्। तीमध्ये ३ जना दाङकै थिए। दाङ ३ ‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद डिल्लीबहादुर चौधरी, दाङकै अर्जुनकुमार श्रेष्ठ र शंकर गिरीले पक्षमा मत दिएका हुन्। श्रेष्ठ र गिरी समानुपातिक सांसद हुन्। प्युठानका पुराना नेता तथा प्रदेश सांसद बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त स्थानमा गिरी सांसद बनेका थिए। 

बाँके र बर्दियाका सांसदले पनि प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावकै पक्षमा मतदान गरेका थिए। बाँकेका मोहम्मद याकव अन्सारी र बर्दियाबाट प्रतिनिधित्व गर्ने भुवनेश्वर चौधरीले दाङकै पक्षमा मतदान गरेका थिए। अन्सारी र चौधरी समानुपातिक सांसद हुन्।

बाँके २ ‘ख’बाट प्रत्यक्ष निर्वाचित सुरेन्द्रबहादुर हमाल भने उपस्थित हुन नसकेको बताइएको छ। हमाल बाँके राजधानी हुन नसके दाङको पक्षमा थिए।

प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो। प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ