प्रदेश राजधानीको प्रस्तावमा देउखुरी र बर्दिया काँग्रेसबाट स्वागत

2020-10-04

देउखुरी समाचारदाता

देउखुरी, असोज । प्रदेश ५ को नाम लुम्बीनी स्थान दाङको भालुवाङ प्रस्ताव गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले स्वागत एवं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्पती जारी गर्दै बुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवं सम्मान गछौ, भनिएको छ ।

बिज्ञप्तीमा आफ्नो क्षेत्र र भेग तर्फ राजधानी हुनुपर्छ भनेर माग गर्नु सामान्य मानिएपनि प्रदेश ५ को राजधानी भौगोलिक हिसावले प्रस्तावीत ठाउँलाई कुशलता पूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गरिएको कार्यलाई उच्च सम्मान गर्दै साँसदहरुले सर्वसम्मत संसदबाट अनुमोदन गराउने विश्वास व्यक्त गरेका छौ, भन्ने उल्लेख गरिएको छ ।


यसैगरी प्रदेश ५ को पश्चिमी जिल्ला बर्दिया सभापति संजय कुमार गौतमले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारको नाम र स्थान प्रस्ताव गरेको प्रति आफुले सकरात्मक रुपमा लिएको उल्लेख गर्नुभएको छ । बर्दियाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पूर्व मन्त्री समेत रहनु भएका गौतमले प्रदेश ५ को प्रस्तावीत नाम र राजधानी भौगोलिक हिसावले प्रदेशका सबै जिल्लाको सुलभ पहुँच हुने उल्लेख गर्नुभएको छ ।

बिज्ञप्तीमा उक्त प्रस्तावलाई बद्र्धिया काँग्रेसले सकरात्मक रुपमा लिएको उल्लेख गरिएको छ । प्रस्तावीत नाम र स्थानलाई प्रदेशसभाबाट पारीत गरी कार्यान्वयनमा लैजान माग समेत गरिएको छ ।

 No description available.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ