2020-10-03 |
काठमाडौं - सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको हो।
१६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाएपछि हैदराबादले रोमाञ्चक जित निकालेको हो। चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरे पनि हारबाट जोगाउन सकेन। जडेजाले ३५ बलमा ५० रन बनाए। त्यस्तै, कप्तान धोनीले अविजित ४७ रन बनाउँदा फाफ डु प्लेसिसले २२ र साम कुरनले १५ रन बनाए।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले खराब सुरुवात गरेको थियो। तर अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको साझेदारी गरेपछि हैदराबादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनायो। प्रियमले २६ बलमा अविजित ५१ रन बनाए। त्यस्तै अभिषेकले ३१, मनिष पाण्डेले २९ र डेविड वार्नरले २८ रनको योगदान दिए। बलिङतर्फ चेन्नाईका दीपक चाहारले २ विकेट लिए।
यो हैदराबादको चौथो खेलमा दोस्रो जित हो। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० रनले पराजित भएको हैदराबादले दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटको हार ब्यहोरेको थियो। आफ्नो तेस्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो। यता, चेन्नाईको भने चौथो खेलमा यो लगातार तेस्रो हार हो। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको चेन्नाई त्यसपछिका खेलमा भने राजस्थान रोयल्ससँग १६ र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो।
काठमाडौं - बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने भएका छन्। बुधबार राति भएको ड्राफ्टबाट तीन ...
काठमाडौं - फुटबल जगतका बादशाह डिएगो म्याराडोनाको बिहीबार निधन भएको छ। अर्जेन्टिनाका राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएकाे बिबिसीले ...