प्रदेश ५ को राजधानी भालुवाङ, नाम लुम्बिनी, १९ गते मतदान

2020-10-02

काठमाडौं - प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ। प्रदेशका ५ कानुनमन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट सो प्रस्ताव प्रदेशसभामा पेस गरेका हुन्।

प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान हुने प्रदेशसभा सचिवालयले कार्यसूची बनाएको छ। दिउँसो १२ बजे संसदमा मतदान हुने प्रदेशका सभामुख पूर्ण घर्तीको स्वकीय सचिवालयले जानकारी दिएको छ।

प्रदेशको राजधानी र नामको प्रस्तव संसदमा पेस गरेपछि शनिबार बिहान नेकपा संसदीय दलले बैठक बोलाएको छ। बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको हो। नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ल्याएको पक्षमा मतदान गर्न अनौपचारिक ह्विप जारी गर्न बैठक बोलाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा सहमति भएको थियो। यो विषयमा नेकपाको सचिवालय सदस्यहरूबीच पनि अनौपचारिक छलफल भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ