च्याम्पियन्स लिगमा रोनाल्डो-मेस्सी एउटै समूहमा, कुन समूहमा कुन टिम ?

2020-10-02

काठमाडौं - युइएफए च्याम्पियन्स लिग समूह चरणमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएका छन्। रोनाल्डोको टिम युभेन्टस र मेस्सीको टिम बार्सिलोनासँगै समूह ‘जी’ मा डायनामो किभ र फेरेनबारोसे छन्।

सन् २०२०–२१ को च्याम्पियन्स लिगका लागि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा आबद्ध देशका विभिन्न ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको हो। जसमा गएको सिजनको विजेता बायर्न म्युनिक, एथ्लेटिको मड्रिड, लोकोमोटिभ मस्को र साल्सबर्ग जस्ता टिम रहेको समूह ‘ए’लाई पनि कठिन मानिएको छ।

गएको सिजन फाइनलमा पिएसजीलाई हराउँदै बायर्न म्युनिकले च्याम्पियन्स लिग उपाधि जितेको थियो। यो सिजन च्याम्पियन्स लिग समूह चरणका खेल अक्टोवर २० मा सुरु हुने बताइएको छ।

कुन समूहमा कुन टिम?
समूह ए – बायर्न म्युनिक, एथ्लेटिको मड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को

समूह बी – रियल मड्रिड, शख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेग्लादबाख

समूह सी – पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस, मार्सेली

समूह डी – लिभरपुल, आयाक्स, एटलान्टा, मिड्जेल्याण्ड

समूह ई – सेभिया, चेल्सी, क्रस्नोडार, रेनेस

समूह एफ – सेन्ट पिटर्सबर्ग, बोरुसिया डोर्टमुन्ड, लाजियो, क्लब बर्ग

समूह जी – युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेनबारोसे

समूह एच – पिएसजी, म्यानचेस्टर युनाइटेड, लाइपजिग, स्तानबुल बासाकेसिर




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ