कर्णाली प्रदेशका प्रमुखलाई कोरोना संक्रमण

2020-10-01

सुर्खेत - कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिए ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव चुडामणि कलौनीले बताए । ‘हाल प्रदेश प्रमुख ज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बस्नुभएको छ ।’

प्रेदश प्रमुखको सचिवालयका अनुसार एक साता पहिले कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँचजना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीनजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

एकपछि अर्को कर्मचारीमा संक्रमण देखिन थालेपछि बुधबार बिहान प्रदेश प्रमुख कलौनीसहित कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरिएको र बिहीबार प्रदेश प्रमुखसहित ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ