राजस्थानविरुद्ध कोलकाताकाे सहज जित

2020-10-01

काठमाडौं - कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको हो।

१७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो। राजस्थानका लागि टोम कुरनले अविजित ५४ जस बटलरले २१ र राहुल टेवाटियाले १४ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्। राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम मवी, कमलेस नगरकोटी, वरुण चक्रवर्तीले समान २–२ विकेट लिए।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। कोलकाताका लागि शुबमन गिलले ४७, इयोन मोर्गनले अविजित ३४, आन्द्रे रसेलले २४ र नितिस रानाले २२ रनको योगदान दिए। बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।

पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले हारेको कोलकाताले त्यसपछिका दुई खेलमा लगातार जित निकोलेको हो। हैदराबादलाई कोलकाताले ७ विकेटले पराजित गरेको थियो। राजस्थानको भने पहिलो हार हो। यसअघिका खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई १६ र किंग्स इलाभेन पञ्जाबलाई ४ विकेटले पराजित गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ