मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय फुटाउने निर्णय हुनसक्ने

2020-10-01

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आफ्नै निवास बालुवाटारमा बिहीबार १० बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आजको बैठकले मन्त्रालय फुटाउने निर्णय गर्न सक्ने बताइएको छ।

मन्त्रिपरिषद सचिवालयले बुधबार राति अबेर मात्र मन्त्रीहरुलाई बैठकबारे जानकारी दिएको थियो। ‘बैठकको जानकारी पठाउन भनियो तर एजेन्डाबारे मन्त्रीहरुलाई केही खबर गरिएको छैन’, प्रधानमन्त्री कार्यालयको सचिवालय स्रोतले भन्यो, ‘आजको बैठकमा मन्त्रालयहरु टुक्राउनेसहित नयाँ मुख्यसचिव नियुक्तिका विषयमा पनि निर्णय हुनसक्छ।’

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा भएका पटक-पटकका छलफलमा मन्त्रालय टुक्राएर भए पनि अधिक नयाँ अनुहारहरुलाई मन्त्रिपरिषदमा समावेश गर्ने सहमति भइसकेको छ। तर, क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ