नेपालमा पछिल्लो २४ घण्टायता १५५९ जनामा कोरोना संक्रमण

2020-09-30

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन्।

आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप १०५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५६ हजार ४२८ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ