बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने कानुन बनाउन सांसदको सुझाव

2020-09-28

काठमाडौं - संघीय संसदका केही महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिन माग गरेका छन्। दुवै सदनका महिला सांसदकाे जारी छलफलमा यस्ताे सुझाव आएको हाे। हालसालै बझाङको मस्टा गाउँपालिका-२ खिकलाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि भएको हत्याको विषयलाई लिएर गरिएको छलफलमा यस्तो सुझाव दिएका हुन्।

कानुन कमजाेर भएका कारण बलात्कारका घटना बढेकाे बताउँदै सांसदहरू लक्ष्मी चाैधरी, विमला विक, लक्ष्मी परियार, आशा विक, अनिता देवकाेटालगायतले यस्ताे धारणा राखेका हुन्।

हरेक दिन छाेरी कसरी जाेगाउने भन्ने चिन्ता रहेकाे बताउँदै सांसद चाैधरीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने कानुन बनाउन सिफारिस गर्नुपर्छ।’ सांसद अनिता देवकोटाले नाबालिकलाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन बनाउने बहश छेड्ने बेला आएकाे बताइन्।

यसैगरी लक्ष्मी परियारले पनि बलात्कारीलाई मृत्युदण्डकाे कानुन बनाउनुपर्ने बेला भएको बताइन्। सांसद आशा विकले बलात्कारीविरूद्ध कडा कानुन बनाउन नसके जीवनभर आत्मग्लानी हुने भन्दै भनिन्‚ ‘यतिबेला हामी सांसद् भएका बेला त्यस्ताे कानुन बनाउन नसके जीवनभर आत्मग्लानी रहिरहनेछ।’

विमला विकले संविधान गतिशील हुने भएकाले संशोधन गरेरै भएपनि मृत्युदण्डको व्यवस्था गर्नेतर्फ जाेड दिइन्। सांसद बिन्दा पाण्डेको नेतृत्वमा भएकाे भेलामा विभिन्न पार्टीका ३० भन्दा बढी सांसद उपस्थित थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ