विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

2020-09-28

एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेको छ। कूल संक्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार सक्रिय संक्रमित छन्। विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ। कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७४ हजार ७०२ सङ्क्रमित भएका छन् भने यहाँ ९५ हजार ५७४ ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करिब ४७ लाख ३२ भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४१ हजार ७७६ भन्दा बढीको मृत्यु भएको छ।

खोप विकास गरिसकेको घोषणा गरेको रुसमा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । रासस




थप समाचार


क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

क्युबाली नेता राउल क्यास्ट्रोद्वारा पद त्यागको घोषणा, युवालाई नेतृत्व सुम्पिने

काठमाडौं - क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन ...

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

काठमाडौं- सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना ...

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ ! अझ ...




ट्रेन्डिङ