हटाउने मन्त्रिको विषयमा प्रधानमन्त्री र प्रचण्डको मत बाझियो

2020-09-28

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल चलिरहेको छ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच निरन्तर छलफल चल्दै आएको छ। गत बिहीबार, शुक्रबार र आईतबार गरी तीन दिन यही विषयमा छलफल भईसकेको छ। सोमबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो।

आईतबार दुई अध्यक्षबीच पुनर्गठनका विषयमा छलफल चले पनि सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ। मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको हो।

प्रधानमन्त्री ओली श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र खेलकुदमन्त्री जगत विश्वकर्मा हटाउनु पर्ने पक्षमा छन्।

तर, प्रचण्डले रक्षामन्त्री इश्वर पोखरेल, उद्योग मन्त्री लेखराज भट्ट, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री रामेश्वर राय यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा र भूमिमन्त्री पद्मा अर्याललाई हटाउनुपर्ने मत राखेका छन्। सोहीकारण मन्त्रिपरिषद पुनर्गठन हुन नसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

दुई अध्यक्षबीच ऊर्जा र उद्योग मन्त्रालय फुटाएर १० देखि १२ नयाँ मन्त्रीलाई जिम्मेवारी दिने विषयमा सहमति हुने आँकलन गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


अधिकांश विदेशी च्यानल बन्द, आइपिएल र इपिएल हेर्न नपाइने

काठमाडौं - शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ। यससँगै अधिकांश विदेशी टिभीको प्रशारण तत्कालका लागि रोकिएको छ। विज्ञापन

दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइंदै महाष्टमी

काठमाडौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व शनिबार नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन शुक्रबार महाकाली, महालक्ष्मी र

बाबुराम र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले

कर्णालीमा थप अन्योल : मुख्यमन्त्री शाहीलाई ओली र प्रचण्डको बेग्लाबेग्लै पत्र

काठमाडौं, कार्तिक ६ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा उत्पन्न विवादको समाधान बिन्दु खोज्न असफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

बुटवल - लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागिन् र कुटाउनका

दशैँको टीकाको शुभ साइत बिहान १०:१९ बजे, मौसम सफा रहने

काठमाडौँ - बडादशैँको टीकाको शुभ साइत कार्तिक १० गते सोमबार बिहान १०:१९ बजे उत्तम भनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो

धरानमा कोरोनाबाट पाँच बर्षीया बालिकाको मृत्यु

काठमाडौँ - धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार साँझ ७ः५० मा उपचारका क्रममा सन्दरहरैचा मोरङकी