खोटाङ बन्यो कोरोना संक्रमितमुक्त जिल्ला

2020-09-28

खोटाङ - सबै संक्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमितमुक्त जिल्ला भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट संक्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमितमुक्त जिल्ला भएको हो।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो। विभिन्न समयमा संक्रमण देखिएका सबै संक्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसीआर परीक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन्। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पिसीआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।

नगरपालिकामा देखिएका संक्रमितमध्ये सात जना नेपाल प्रहरीका जवान छन्। यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पिसीआर परीक्षण गर्दा चार जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १४६ जनाको पिसीआर परीक्षण गर्दा एक जना, साकेला गाउँपालिकामा ११२ जनाको पिसीआर परीक्षण गर्दा एक जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा एक जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा एक जनालाई पोजिटिभ देखिएको थियो। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म खोटेहाङ, रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेका छैनन् ।

हालसम्म जिल्लामा एक हजार ६०८ जनाको आरडिटी परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले लागू गरेको लकडाउन हटेसँगै कोरोनाको जोखिम बढेपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। रासस

यसैबीच जिल्लाका सबै स्थानीय तहमा अहिले धमाधम कोभिड अस्पताल निर्माणको काम भइरहेको छ। देशभर संक्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्घीय सरकारको लगानीमा हरेक स्थानीय तहमा पाँच÷पाँच शय्याको अस्थायीरूपमा सञ्चालनका लागि कोभिड अस्पताल निर्माण सुरु गरिएको हो। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ