इएफएल कप : लिंकन सिटीको पोष्टमा लिभरपुलको ७ गोल

2020-09-25

काठमाडौं - लिभरपुलले इएफएल कप फुटबलको तेस्रो चरणको खेलमा फराकिलो जित दर्ता गरेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिंकन सिटीलाई ७–२ गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलको फराकिलो जितमा टाकुमी मिनामिनो र कर्टिस जोन्सले समान २–२ गोल गरे। त्यस्तै, जद्रान शकिरी, मार्को ग्रुजिक र डिभोक ओरिगीले समान १–१ गोल गरे। यता लिंकनका टायो इडुन र लेविस मोन्टस्माले गोल फर्काए।

खेलको नवौं मिनेटमा शाकिरीको गोलबाट अग्रता लिएको लिभरपुलका लागि १८औं मिनेटमा मिनामिनोले गोल गर्दै २–० को अग्रता दिलाए। ३२औं र ३६औं मिनेटमा कर्टिसले गोल गर्दै लिभरपुललाई पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाए।

मिनामिनोले ४६औं मिनेटमा गोल गर्दा लिभरपुलको अग्रता ५–० मा पुग्यो। ६०औं मिनेटमा टायोले गोल गरेपछि लिंकनले ५–१ को स्थिति बनाएको थियो। तर ६५औं मिनेटमा मार्कोले गोल गर्दै लिभरपुलाई ६–१ को अग्रता दिलाए। ६६औं मिनेटमा लिंकनका लागि लेविसले गोल गरेपनि ८९औं मिनेटमा डिभोकले गोल गर्दै लिभरपुललाई ७–२ गोलको फराकिलो जित दिलाए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ