उद्यमी महिलामा खुसी थप्दै, ‘तरकारी बेच्न साइकल, दुधलाई क्यान’

2020-09-25

दिवाकर पोख्रेल
देउखुरी, असोज । दाङको लमही नगरपालिका वडा नम्बर ४ मिना चौधरीले व्यवसायिक रुपमा खेति गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेको तरकारी छिटुवामा राखेर बजारमा डुलाएर बिक्री गर्दै आउनु भएको छ । महिला उद्यममा सहयोग पु¥याइरहेको महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले साइकल र क्यारेड वितरण गरेपछि मिना जस्तै व्यवसायिक तरकारी खेति गर्ने उद्यमी महिलाहरु खुसी भएका छन् । मिनाले भन्नुभयो, छिुटवामा हिड्दै घरघरै तरकारी डुलाएर बिक्री गर्न अप्ठेरो भएको थियो, अब साइकल पाएपछि धेरै तरकारी पनि ल्याउन सकिने भयो, धेरै सजिलो हुन्छ ।

मिना जस्तै लमही नगर क्षेत्रका १० जना तरकारी खेति गर्ने उद्यमी महिलाहरुले साइकल र क्यारेड पाएका हुन् । प्रति उद्यमीलाई आठ हजार बराबरको साइकल र क्यारेड वितरण गरिएको हो । यस्तै राजपुर गाउँपालिकाकी रमावती यादलवले व्यवसायीक रुपमा भैंसी पालन गर्दै आउनु भएको छ । उहाँलाई डेरी सम्म दुध पु¥याउन समस्या भएपछि उक्त संस्थाले दशहजार मुल्यका दुईवटा क्यान सहयोग गरेको छ । क्यान पाएपछि यादवले अब दुध जरकीनमा बोक्नु नपर्ने बताउनुभयो । गढवा गाउँपालिकाकी शुसिला नेपाली सो केन्द्रका ८८ जना महिलालाई व्यवसायिक बाख्रापालन गर्नको ४० हजारमा बोयर जातको बोका वितरण गरिएको छ । बोयरजातको बोका समाउँदै नेपालीले व्यवसायीक बाख्रापालनबाट उन्नत जातको बाख्रा पालन गर्नको लागि सहयोग पुगेको बताउनुभयो ।
त्यसैगरी राप्ती गाउँपालिकाकी २ की देवी कुमालले व्यवसायीक रुपमा च्याउ खेती गर्दै आउनु भएको छ । उहाँलाई च्याउ खेतीको लागि टनेल निर्माण गर्नको लागि २० हजार बरारबरको आर्थिक सहयोग गरिएको छ । देउखुरीका चारवटा गाउँपालिकाका ३५ वटा उद्यमीहरुलाई व्यवसायमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाका बरिष्ठ अधिकृत ्रमेश अधिकारीले जानकारी दिनुभयो । उक्त सहयोग ग्राहक संरक्षण कोषको रकमबाट गरिएको हो । उद्यमीलाई संस्थाले ग्राहक संरक्षण कोषबाट जम्मा दुइ करोड बराबरको रकम सहयोग गर्ने कार्यक्रम रहेको छ ।

२०५० सालमा स्थानिय महिलाको नेतृत्वमा स्थापना भएको उक्त सस्थाले अहिले आफ्नो कार्य क्षेत्रलाई प्रदेश ५ का १० वटा जिल्लमा सेवा विस्तार गरेको छ । ५० हजार सदस्य रहेको उक्त संस्थामा ३५ हजार उद्यमी रहेको संस्थाकी प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिनुभयो । दुई अरब लगानी रहेको उक्त संस्था प्रदेश ४ को जाल्पा बित्तिय संस्थासंग मर्जको तयारीमा रहेको संस्थाकी अध्यक्ष गिता गिरीले जानकारी दिनुभयो ।

No description available.

यसैविच एक कार्यक्रम विच महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले उद्यम विकास कार्यक्रम द्धारा प्रवद्र्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत ग्राहक संरक्षण कोष द्धारा व्यवसायीक प्रवद्धृन गर्न अनुदान वितरण कार्यक्रम लमहीमा सम्पन्न गरेको छ । देउखुरी क्षेत्रका चारवटा पालिकाका रहेको शाखा तथा केन्द्रमा आवद्ध उद्यमी हरुलाई अनुदान वितरण गरिएको हो । संस्थाकी अध्यक्ष गिता गिरीको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख कुलवहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि केसीले कृषि संस्थाको सहयोगमा महिला उद्यमको क्षेत्रमा उदाहरणीय काम भएको भन्दै खुसी ब्यक्त गर्नुभयो । व्यवसाय र पेषाबाट आर्थिक शशत्तिकरण हुने भन्दै नगर प्रमुख केसीले व्यवसाय गर्दा आउने समस्या हल गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष लिला शाहले संस्थाले छोटो समयमा चमत्कारी विकास गरेको भन्दै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । महिला आत्मनिर्भर हुंदा महिला हिंसा कम हुने भन्दै आर्थिक शसत्तिकरणमा लाग्न सहभागिलाई आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार दिवाकर पोख्रेल, संस्थाकी कार्यसमिति सदस्य शुष्मा शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण स.स्थाका बरिष्ठ अधिकृत रमेश अधिकारीले गर्नुभएको थियो ।।




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ