विद्यार्थी नेताको नयाँ शैली जन्मदिनमा सहयोग

2020-09-23

देउखुरी समाचारदाता
देउखुरी, ७ असोज
जन्मदिनमा गरिने भडकिलो खर्चलाई कटाएर दाङका एकजना विद्यार्थी नेताले जन्मदिनको अवसर पारेर सामाजिक सेवा अन्तरगर्त सेवा आश्रममा सहयोग गर्नुभएको छ । अनेरास्ववियूका नेता लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी कल्याण अधिकारीले आफ्नो जन्मदिनको अवसरमा निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवाकेन्द्र सिसँहनिया आश्रममा खाद्यान्न र फलफूल सहयोग गरेर २९ औँ जन्मदिन मनाउनु भएको हो ।
बुधबार अधिकारीले आश्रममै पुगेर पचास किलो आलु, पचास किलो पिठो र फलफूल गरि करिब पन्ध्र हजार बराबरको खाद्यान्न र फलफूल वितरण गरि २९ औ जन्मदिन मनाउनु भएको हो । अनावश्यक खर्च गरेर जन्मदिन मनाउँदा मनाउनुभन्दा भरखरै स्थापना भएको निलसागर सेवा आश्रममा पुगेर सानो गर्नु उपयुक्त देखेर सहयोग गरेको अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ प्राय जन्मदिनको अवसरमा धेरैले फजुल खर्च गर्ने र विभिन्न पार्टीको आयोजना गरि साथि भाइसंग रमाइलो गर्ने प्रचलन छ, विगतका जन्मदिनमा पनि फजुल खर्च गरियो, अव सामाजिक सेवा प्रति चासो बढेको छ । अधिकारीले आश्रमका संयोजक प्रकाश विष्टलाई खाद्यान्न र फलफूल हस्तान्तरण गर्नुभएको हो । अधिकारी विद्यार्थी राजनीतिमा क्रियासिल हुनुहुन्छ ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ