बुधबारबाट साझाले दुई गन्तव्यमा लामो दूरीका बस चलाउने

2020-09-23

काठमाडौं - साझा यातायातले आज (बुधबार)बाट लामो दूरीका बस चलाउने भएको छ। कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द रहेका साझाका लामो दूरीका बस चल्ने भएका हुन्।

सरकारले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। त्यही अनुसार आवश्यक तयारी गरेर साझाले लामो दूरीमा सञ्चालित डिलक्स रात्री बससेवा सुरू गर्न लागेको हो।

साझाले दुई गन्तव्यमा बस चलाउने भएको छ। काठमाडौं-बाग्लुङ् र काठमाडौं-भैरहवा रूटमा बुधबारबाट बस चलाउँदै छ। बस सञ्चालनका क्रममा सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गरिने साझाले जनाएको छ। दुई गन्तव्यका लागि साझाका बस नयाँ बसपार्कबाट साँझ सात बजे र कलँकीबाट साँझ साढे सात बजे छुट्ने छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ