टर्कीका राष्ट्रपतिको काश्मिरी टिप्पणीमाथि भारतको आपत्ति

2020-09-23

एजेन्सी - टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले कश्मीरका विषयमा गरेको टिप्पणीप्रति भारतले आपत्ति जनाएको छ। राष्ट्रसंघीय सभालाई सम्बोधन गर्दै इर्दोगानले गरेको टिप्पणीप्रति राष्ट्रसंघका लागि भारतीय राजदूत टीएस त्रिमूर्तिले आपत्ति जनाएका हुन्।

इर्दोगानले कश्मीर संघर्ष दक्षिण एशियामा शान्ति र स्थिरताका लागि महत्वपूर्ण रहेको र यो अझै ज्वलन्त मुद्दा भएको उल्लेख गर्दै जम्मू–कश्मीरको विशेष दर्जा समाप्त गरिएपछि स्थिति अझै जटिल भएको बताएका थिए।

उनले आफूहरु कश्मीर विवादको समाधान राष्ट्रसंघको प्रस्ताव र कश्मीरका नागरिकको चाहनाअनुसार गर्नुपर्ने पक्षमा रहेको बताएका थिए।

त्रिमूर्तिले भारतको केन्द्रशासित प्रदेशका विषयमा टर्कीका राष्ट्रपतिको टिप्पणी भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताए। उनले यो भारतका लागि अस्वीकार्य भएको उल्लेख गर्दै टर्कीले अर्को मुलुकको सम्प्रभुताको सम्मान गर्न सिक्नुपर्ने बताए।

भारतले २०१९ को ५ अगष्टमा जम्मु–कश्मीरलाई दिइएको विशेष अधिकार खोस्दै राज्यलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो।

गत वर्ष पाकिस्तान भ्रमणमा आएका इर्दोगानले पनि पाकिस्तानी संसदलाई सम्बोधन गर्दै पाकिस्तानीलाई जत्तिकै टर्कीका नागरिकलाई पनि कश्मीरको विषय महत्वपूर्ण रहेको बताएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ