राप्रपाको महाधिवेशन वैशाख २५ देखि २८ सम्म, चुनाब चिन्ह 'हलो'

2020-09-22

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुने भएको छ। राप्रपाको मंगलबार बसेको केन्द्रीय समितिको मंगलबार बसेको बैठकले एकता महाधिवेशन काठमाडौंमा गर्ने निर्णय पनि गरेको हो।

बैठकले राप्रपाको विधानलाई अन्तरिम विधान मानी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने कमल थापाले फेसबुकमार्फत जानकारी गराएका छन्। त्यस्तै, चुनावचिन्ह ‘हलो’ हुने, रातो, पँहेलो र निलो रंगको बीचमा ‘गाई’ रहेको झण्डा हुने पनि निर्णय गरिएको छ।

त्यस्तै, पार्टी एकता भएको ६ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्नमा सहमति जुटेको छ। एकतालाई पूर्णता दिन सोमबार अध्यक्षत्रय पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाको बैठक बसेको थियो।

'चुनाव चिह्न हलो हुने सहमति भयो', राप्रपा नेता राजाराम बर्तौलाले भने।

गत फागुन २४ गते राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर भएको थियो। सोही अनुसार फागुन २९ मा पार्टी एकता भएको थियो। तर चुनाव चिह्न के हुने भन्ने विषयमा पूर्व दुई पार्टीबीच सहमति नजुट्दा एकताले पूर्णता पाउन सकेको थिएन।

एकताअघि थापा नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई थियो। त्यस्तै राणा-लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिह्न हलो थियो।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ