2020-09-22 |
काठमाडौं - मंगलवार १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा कुल संक्रमित ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर१८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८९४९ होम आइसोलेसनमा छन् भने ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा छन्।
हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ। हाल ७ हजार १७१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ८२३ निको भएका छन्। यो सँगै ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...