पार्टी एकताका बाँकी काम पूरा गर्न ओली, प्रचण्ड र पौडेललाई १० दिनको समय

2020-09-22

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका बाँकी काम पूरा गर्ने गरी अध्यक्षद्वय ओली-प्रचण्ड र महासचिव पौडेलले ठोस प्रस्ताव सचिवालय बैठकमा पेस गर्न १० दिनको समय दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीका अध्यक्षद्वय र महासचिवले १० दिन भित्र पार्टी एकताका काम पूरा गर्ने गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी एकता घोषणाको २ वर्षभन्दा बढी समय बितिसक्दा पनि पूरै काम सकिएको छैन।

बैठकले संवैधानिक निकायमा रिक्त पदमा संवैधानिक परिषदको बैठक छिटो बोलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। प्रधानमन्त्रीको पहलमा हुने बैठकमा सम्बन्धित अन्य पक्षलाई समेत सक्रियता बढाउन बैठकले आग्रह गरेको छ। संवैधानिक निकायमा करिब चार दर्जन सदस्य रिक्त रहेका छन्।

मंगलबारको बैठकमा मन्त्रीमण्डलका सदस्यको हेरफेरका सन्दर्भमा छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्नुका साथै पार्टी र सरकारको सम्बन्ध समधुर बनाउने विषयमा छलफल भएको उनले जानकारी गराए। २-३ दिन भित्रै पुनः सचिवालयको बैठक बस्ने श्रेष्ठले जानकारी दिए।

गत आइतबारदेखि सुरू भएको सचिवालय बैठक जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा बसेको र दोस्रो चरण भने बालुवाटारमा बसेको हो। सोमबार पेरिसडाँडामै अर्को बैठक बस्ने भनिएको थियो। तर सोमबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको भेटपछि मंगलबारको बैठक बालुवाटारमा बस्ने तय भएको थियो।

आइतबारको बैठकले छलफलका लागि चारवटा एजेन्डा तयार गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार, मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्तिबारे सुझाव, सांगठनिक एकताको बाँकी काम र विविध छन्।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल आइतबारै भइसकेको छ। १० दिनभित्र बाँकी काम पुरा गर्नेगरी अध्यक्षद्वय ओली प्रचण्ड र महासचिव पौडेलले खाका ल्याउने निर्णय समेत गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ