बझाङमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ घाइते

2020-09-21

डडेल्धुरा - बझाङमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिकाको १ दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको जेसीवी दुर्घटना भएको हो। दुर्घटनामा तीन जना घाईते भएका छन्।

दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षका मानबहादुर बोहराको मृत्यु भएको हो। बोहरा महेन्द्र मा‍वि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन्। त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षका रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका छन्। घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

जेसीवी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएको छ। नगरपालिकाको वडा १ दहबगर क्रिकेट मैदाननजिक सडकमा फसेको जिप निकाल्न गएको र फसेको जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा राति करिब साढे १२ बजे सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताए।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरीक्षक बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरीक्षक मदनसिंह धामीको टोली खटिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ