२४ घण्टायता भेटिएका संक्रमित कहाँका कति ?

2020-09-19

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा ६, बारामा १ सय ११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा ७, दोलखामा ५, धादिङमा १३, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा १८, रामेछापमा ९, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा २, लमजुङमा ५ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा २८, नलवपरासीमा १, पाल्पामा २, प्युठानमा १, बर्दियामा २०, बाँकेमा २० र रुपन्देहीमा १ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २ र सुर्खेतमा ३, सुदूरपश्चिमको कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा ३, दार्चुलामा २१ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार १ सय २९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ७ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ