साउन र भदौको कारोबार : १ खर्ब ७८ अर्बको आयात हुँदा जम्मा २० अर्बको निर्यात

2020-09-18

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन र भदौ)मा १ खर्ब ९९ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागले तयार गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा १ खर्ब ७८ अर्ब ८४ करोड रूपैयाँको वस्तु आयात भएको छ भने २० अर्ब ४४ करोड रूपैयाँको निर्यात भएको छ। यो अवधिमा १ खर्ब ५८ अर्ब रूपैयाँ व्यापार घाटा भएको छ। गत आर्थिक वर्षको यही अवधिमा २ खर्ब ११ अर्ब रूपैयाँ व्यापार घाटा भएको थियो।

विभागका अनुसार गत वर्षको यही अवधिमा २ खर्ब ४८ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको थियो। त्यसमा आयातको हिस्सा २ खर्ब २९ अर्ब ५० करोड रूपैयाँ थियो भने निर्यातको हिस्सा १८ अर्ब ५० करोड रूपैयाँ बराबरको थियो।

गत वर्षको यही अवधिको तुलनामा चालु वर्षमा आयात २२.०७ प्रतिशतले घटेको छ। कोरोना भाइरसका कारण प्रतिकूल अवस्था सिर्जना भए पनि निर्यात १० प्रतिशतले बढेको विभागले जानकारी दिएको छ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय व्यापारका शृंखलामा नकारात्मक प्रभाव देखिँदा राजस्व संकलन पनि प्रभावित बनेको विभागले जनाएको छ। यो अवधिमा ४७ अर्ब ८३ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको छ। जुन गत वर्षको समान अवधिको तुलनामा २३.९६ प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा ६२ अर्ब ९१ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।

भन्सारबाट दैनिक ८० करोड राजस्व संकलन
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले भदौ ३ गतेदेखि लगातार ३ साता लामो निषेधाज्ञा जारी गर्‍यो। काठमाडौं उपत्यकासहित अन्य जिल्लामा निषेधाज्ञा र लकडाउन गर्दा त्यसले वस्तुको उपभोग पूर्णरूपमा प्रभावित बन्यो।

यसको असर वैदेशिक व्यापारमा पनि देखिएको छ। माग कम हुँदा आयात घटेको छ भने यसको असर राजस्व संकलनमा देखिएको छ। भन्सारले यो आर्थिक वर्षको पहिलो दुई महिनामा दैनिक औसत ८० करोड रूपैयाँ राजस्व संकलन गरेको छ। दुई महिनामा भन्सार राजस्व करिब ४८ अर्ब रूपैयाँ संकलन भएको छ।

असहज परिस्थिति हुँदा वैदेशिक व्यापार, व्यापार सहजीकरण र राजस्व संकलन प्रभावित बनेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए। 'कोभिड-१९ का कारण आन्तरिक बजारदेखि अन्तर्राष्ट्रिय व्यापारसम्म नकारात्मक प्रभाव परेको छ,' महानिर्देशक दाहाल भन्छन्, 'यस्तो अवस्थामा पनि भन्सार प्रशासनलाई नियमित राखेर व्यापार सहजीकरण र राजस्व संकलनमा अधिकतम योगदानको प्रयास भइरहेको छ।'




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ