वामदेव गौतम राष्ट्रियसभामा मनोनित

2020-09-17

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदमा नियुक्त गरेकी छन्। बिहीबार राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन्।

'बिहीबार राष्ट्रपतिले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिसक्नु भएको छ। औपचारिक जानकारी भने केही बेरमा दिइने तयारी छ,' प्रमुख स्वकीय सचिव अधिकारीले भने।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रियसभामा कम्तीमा एक जना महिलासहित तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

यद्यपि, सोमबारका मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे समय आएपछि जानकारी हुने बताएका थिए।

प्रतिनिधिसभा सदस्य चुनावमा बर्दियाबाट हारेका गौतम पटकपटकको प्रयासपछि राष्ट्रियसभा सदस्य बनेका हुन्। सचिवालय सदस्यको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नै इच्छाविपरीत वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ