वायुसेवा संघले भन्यो : '५० प्रतिशत यात्रु बोकेर उडान गर्न सक्दैनौं'

2020-09-16

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशतमात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको संयोजकत्वमा भएको आन्तरिक उडान सञ्चालनको विषयमा भएको छलफलमा व्यवसायीहरुले यस्तो विचार राखेका हुन्।

व्यवसायीहरुले ५० प्रतिशत यात्रु राखेर हवाई उडान गर्ने नियम विश्वमा कहीँ पनि नरहेको र यसरी उडान गर्न नसक्ने तर्क राखेको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिए।

‘सरकारले भनेको सबै नियम हामी पालना गर्छौं,’ छलफलमा सहभागी एक व्यवसायीले भने, ‘तर, ५० प्रतिशत यात्रुमात्रै राखेर उडान गर्न सक्दैनौं।’

व्यवसायीलाई भने सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषद्को निर्णयभन्दा आफूहरु बाहिर जाने नसक्ने हुँदा ५० प्रतिशतमात्रै यात्रु राखेर उडान गर्नुपर्ने बताएका थिए।

साथै सचिव अधिकारीले ट्रंक रुटको हकमा भने तपाईंहरूले भाडा पनि बढाउन नपाउने र स्टोलको हकमा भने केही दिनपछि विचार गर्ने बताएको एक सहभागीले जानकारी दिए।

व्यवसायीले भने‚ ‘हामी भाडा बढाउनुपर्छ भने मान्यतामा छैनौं। तर, यात्रु ५० प्रतिशत बोकेर उडान गर्दैन। भाडा बढाउँदा यात्रुलाई नै मार पर्ने हो,’ ती व्यवसायीले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ