भारतमा तिर्थयात्री बोकेको डुंगा पल्टिंदा ११ जनाको मृत्यु, ३ बेपत्ता

2020-09-16

एजेन्सी - भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै बुधबार बिहान चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार कमलेश्वर धाम जाँदै गरेका तिर्थयात्री बोकेको डुंगा पल्टिएको हो ।

मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । घटनास्थलमा नदीको गहिराई ४० देखि ५० फिट थियो ।

डुंगा ओभरलोडका कारण पल्टिएको बताइएको छ। डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए । त्यसमाथि १४ वटा बाइक पनि राखिएको थियो ।

घटनालगत्तै स्थानीयले यात्रुहरुलाई बचाउने कोसिस गरेका थिए । तर पानीको बहाव तेज भएका कारण केही मानिस बगेर बेपत्ता भए । यस दुर्घटनापछि घाइतेको उद्धार गर्ने क्रममा चार जना युवकले मिलेर कुल २५ जनाको ज्यान बनाएका छन् । उनीहरुका अनुसार डुंगावालाले धेरै मानिसलाई राख्न अस्विकार गरिरहेका थिए,तर मानिसहरुले जर्बजस्ती गरे । डुंगावाला पनि पौडेर बाँच्न सफल भएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ