ओम्नी ग्रुप एक वर्षका लागि कालोसूचीमा

2020-09-14

काठमाडौं - स्वास्थ्य सामाग्रीको आपूर्ति गर्न नसकेको ओम्नी ग्रुप कालोसूचीमा परेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी ग्रुप अन्तर्गतको ओबीसीआई प्राइभेट लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो । स्वास्थ्य सेवा विभागको सिफारिसमा सो कम्पनीलाई कारबाही गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेसँगै सो कम्पनीले २०२१ अगष्ट १३ सम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन ।

ओम्नीसँगै अन्य ४ कम्पनीहरु पनि कालोसूचीमा परेका छन् । बत्तिसपुतलीको बिटी निर्माण सेवा, चाल्नाखेलको टौदह कन्स्ट्रक्सन, दोलखाको फस्कु निमार्ण सेवालाई संघीय सडक सुपरीवेक्षण तथा डिभिजन कार्यालय दाङको सिफारिसमा कालोसूचीमा राखिएको हो । त्यस्तै, ताप्लेजुङको अरुण कन्स्ट्रक्सनलाई आठराई त्रिवेणी गाउँपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद कार्यमा संलग्न आपूर्तिकर्ता र ठेकेदारलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखेर कारबाही गर्नसक्ने व्यवस्था सार्वजनिक खरिद ऐनले गरेको छ । सोही व्यवस्था बमोजिम यी कम्पनीहरु कालोसूचीमा परेका हुन् ।

ओम्नीलाई भने महँगो मूल्यमा स्वास्थ्य सामाग्री ल्याउने ठेक्का पाएर पनि समयमा उपलब्ध गराउन नसकेको र ल्याएका सामान गुणस्तरीय समेत नभएको आरोप लाग्दै आएको छ । यो ग्रुप प्रधानमन्त्रीका आईटी सल्लाहकार असगर अलीको समेत लगानी रहेको कम्पनी हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ