पार्टी सदस्यता नवीकरणको काम सुरु गर्दै नेकपा

2020-09-13

काठमाडौं - नेकपा संगठन विभागको बैठक सकिएको छ। स्थायी कमिटी बैठककको निर्णय बमोजिम साविकका एमाले माओवादी केन्द्रको सदस्यता नवीकरणको काम सुरु गर्न निर्देशन दिएको संगठन विभाग सदस्य एवं केन्द्रीय सदस्य रेखा शर्माले बताइन्।

स्थायी कमिटी बैठकले मंसिरभित्र नवीकरणको काम सक्ने निर्णय गरेपछि संगठन विभाग आफ्नो काममा तातेको हो। पार्टीमा विभागलाई पूर्णता दिनुका साथै एकताको कामलाई तत्काल अघि बनाउने निर्णय भएको शर्माले बताइन्। चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय भएपछि संगठन विभाग आफ्नो काममा लागेको हो।

नेकपा तत्कालीन एमालेको ४ लाख माओवादीको ३ लाख क्रियाशिल सदस्यता भएको नेताहरुले दाबी गर्दै आएका छन्। बैठक संगठन विभाग प्रमुख वामदेव गौतम उपप्रमुख जनार्दन शर्मा सातै प्रदेशका इन्चार्ज र सदस्यहरू गरी १५ जना जतिको सहभागिता रहेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ