आइतवार काठमाडौं उपत्यकामा ५९७ जनालाई कोरोना संक्रमण

2020-09-13

काठमाडौं - आइतवार काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टायता थपिएको यो संख्यासहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ।

२४ घन्टायता १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ६ सय ९७ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ।

आइतबार ७ हजार ३ सय ८७ जना कोरोना संक्रमित होम आइसोलेसन रहेको मन्त्रालयले जनाएको छ।

आज ९१६५ जनाको पिसिआर परीक्षण गरिएको छ भने र अहिलेसम्म देशभर ८ लाख ४० हजार ५ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ