शनिवार काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना संक्रमण

2020-09-12

काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा ४३१ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घण्टायता थपिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १३९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ संक्रमित थपिएका हुन्।

योसँगै काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार १ सय २९ र भक्तपुरमा ९०७ संक्रमित पुगेका छन्।

हाल देशभरमा १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।

आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्।

हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्।

पछिल्लो २४ घण्टामा ८५२ जना निको भएका छन् भने ३७ हजार ५२४ जना हालसम्म निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३३६ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ