क्रिकेट खेलाडीले पाए एक वर्षदेखिको तलब, कसले कति पाउँछन् ?

2020-09-10

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट पुरुष टिमका खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट रकम आएसँगै खेलाडीहरुले एक वर्षको तलब एकमुष्ट पाएका हुन्।

क्यानले राष्ट्रिय टिममा रहेका खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार रुपैयाँ बढी रकम पाएको विज्ञप्तीमार्फत जनाएको छ। क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार रुपैयाँ वृद्धि गर्न आइसिसी सहमत भएको हो।

राष्ट्रिय टिमका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेर त्यहीअनुसार तलब दिइएको हो। जसमा ए श्रेणीका खेलाडीले ४५ हजार, बी श्रेणीका खेलाडीले ३५ हजार र सी श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँको दरले तलब पाएका छन्। एकमुस्ट आउँदा ए श्रेणीका खेलाडीले ५ लाख ४० हजार, बी श्रेणीका खेलाडीले ४ लाख २० हजार र सी श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन्।

कुन श्रेणीमा को को?
ए श्रेणी– पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

बी श्रेणी– आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी

सी श्रेणी– रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ