शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

2020-09-10

काठमाडौँ - शहरमा ब्यवसाय गर्दै आएका युवाले गाउँमा समेत नयाँ ब्यबसायको थालनी गरेका छन्। देशमा गाउँबाट सकेसम्म विदेश जाने नसके शहर भएपनि भासिने होडबाजी जस्तै चलिरहेको परिपेक्षमा गुल्मेली युवाले ठिक त्यसको उल्टो लय पकडेका हुन्।

गुल्मेली युवा राजिब बस्नेतको काठमाडौँको ठमेललगायतका स्थानमा रेष्टुरेन्टहरु संचालनमा छन्। नयाँ बसपार्कस्थित बिजी मलमा कपडा पसल छ। नयाँ बानेश्वरमा ट्राभल एण्ड टुर्स तथा टिकेटिंगको अफिश छ। ठमेलमा मनि रेमिट संचालनमा छ। जन्मभूमिलाई नै कर्मभुमि बनाउन पर्छ भन्दै बिगत लामो समय देखि लागिपरेका बस्नेत कर्मभूमि नेपाल नामक संस्थाका अध्यक्ष समेत हुन्। संस्थाले देशका विभिन्न भागमा बिपत्ति पर्दा खाद्यान्न, लत्ता-कपडा र पैसा समेत सहयोग गर्दै आइरहेको छ।

काठमाडौँमा यी सबै गरिरहेका राजिबले आफ्नो पुर्खेउली गाउँमा कृषि तथा पशु पन्छी ब्यवसाय संचालनमा ल्याएका छन्।

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको ६ नम्बर वडा रिमुवामा उनले कर्मनिष्ठ कृषि तथा पशुपालन फार्म दर्ता गरेर ब्यवसाय सुरु गरेका हुन्। उनको फार्ममा अहिले कालिज, बाख्रा र कुखुरा छन्। करिब ४० लाखको लगानी भैसकेको र यो यो लगानी छिट्टै १ करोड पुराउने लक्ष्य रहेको उनले बताए। फार्मसंगै उनको अर्ग्यानिक होमस्टे पनि संचालनमा छ। जहाँ ग्राहकहरुले आफुले रोजेको भेज ननभेज परिकार पाउनुको साथै बार्बिक्युको मजा लिन सक्नेछन। फार्ममा अहिले ८ जनाले रोजगारी पाएको उनले बताए।

No description available.

No description available.

No description available.




थप समाचार


विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

काठमाडौँ - नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत ...

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

काठमाडौं - छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा ...

कोरोना भाइरस सम्बन्धी थाहा पाइरख्नुहोस यी २४ तथ्य !

कोरोना भाइरस सम्बन्धी थाहा पाइरख्नुहोस यी २४ तथ्य !

१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ?हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित ...




ट्रेन्डिङ