भारतको अरुणाचल प्रदेश आफ्नो भूमि भएको चीनको दाबी

2020-09-08

काठमाडौं - चीनले अरुणाचल प्रदेश आफ्नो भूमि भएको दाबी गरेको छ। अरुणाचल प्रदेशसँग जोडिएको सीमामा चिनियाँ सेनाद्वारा ५ भारतीयलाई अपहरण गरिएको विषयमा केन्द्रीय मन्त्री किरण रिजिजूद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै चीनले उक्त प्रदेश आफ्नो भूमि भएको दोहोर्‍याएको हो।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले कहिल्यै पनि अरुणाचल प्रदेशलाई मान्यता नदिने र यो दक्षिणी तिब्बतको भूमि भएको उल्लेख गरेका छन्। उनले यस क्षेत्रमा ५ भारतीय नागरिक बेपत्ता भएको भन्नेबारे भारतीय सेनाबाट उठेको प्रश्नमा कुनै जानकारी नभएको पनि बताएका छन्।

भारतीय सेनाले अरुणाचल प्रदेशको सुबनसिरी जिल्लाबाट ५ जनालाई चिनियाँ सेनाले अपहरण गरेको जनाएको थियो। केन्द्रीय मन्त्री रिजिजूले पनि यसबारे ट्वीट गर्दै अपहरणका विषयमा भारतीय सेना चीनको जवाफको प्रतिक्षामा रहेको बताएका थिए। उनले लेखेका थिए, ‘भारतीय सेनाले जनमुक्ति सेनाका समकक्षीलाई सन्देश पठाएका छन्, जवाफको प्रतिक्षा भइरहेको छ।’

गत जुनमा लद्दाख सीमामा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता दुई देशबीच तनाव बढेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ