सुशान्त प्रकरण : घरेलु सहायक दीपेश सावन्त पक्राउ

2020-09-06

मुम्बई - सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनका घरेलु सहायक दीपेश सावन्तलाई पक्राउ गरेको छ।

एनसिबीका उपनिर्देशक केपीएस मल्होत्राले दीपपेशलाई लागुऔषध खरिद र त्यसको लेनदेनका विषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएका छन्। उनलाई डिजिटल प्रमाण र बयानका आधारमा पक्राउ गरिएको हो। उनलाई आइतबार अदालत पेश गरिँदैछ।

पक्राउ परेका व्यक्तिहरुको बयान जारी छ। यसअघि पक्राउ परेका सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र पूर्वम्यानेजर स्यामुअल मिरान्डालाई ९ सेप्टेम्बरसम्म एनसिबीको हिरासतमा पठाइएको छ। एनसिबीले शौविक चक्रवर्ती र स्यामुअल मिरान्डालाई ७ दिनको अनुसन्धानका लागि थुनामा राख्ने अनुमति मागेको थियो।

चार जना न्यायीक हिरासतमा रहेको र रियासहित अन्य केहीलाई अनुसन्धानमा सहभागी हुन भनिएको एनसिबीले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ