अब बैंकहरुले आवश्यकता अनुसार थप शाखा सञ्चालन गर्न सक्ने

2020-09-04

काठमाडौं - बैंकहरुमा भीडभाड बढेपछि बाणिज्य बैंकहरुले थप शाखा सञ्चालनमा ल्याउने भएका छन्। यसअघि उनीहरुले उपत्यकाभित्र दुई/तीन वटा मात्रै शाखा सञ्चालन गर्दै आएका थिए।

थोरै शाखा सञ्चालन गर्दा धेरै भीडभाड भएपछि चाहिए जति शाखा सञ्चालन गर्न सक्ने सहमति भएको नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए। उनले भने, 'नेपाल राष्ट्र बैकसँगको छलफलपछि बैकहरुले उपत्यकाभित्र ७/८ वटासम्म शाखा सञ्चालन गर्न सक्ने छन्।'

बैकहरुले ग्राहकको दबाब हुने स्थानलाई मध्यनजर गर्दै शाखा सञ्चालन गर्न सक्ने भएका हुन्। कर्मचारीले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रवाह गर्न सक्ने छन्।

उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएका छन्। निषेधाज्ञा जारी गरे पनि सर्वसाधारणको चहल पहल कायमै छ। यसअगाडि नेपाल सरकारले लकडाउन गर्दा बैंकिङ कारोबार हुन सकेको थिएन। तर निषेधाज्ञाको समयमा भने अत्यावश्यक सेवाहरु सञ्चालन भइरहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरु, खाद्यान्न पसल, तरकारी पसल तथा सरकारी कर्मचारीहरुको आवतजावतका कारण चहल पहल बढिरहेको छ।

केही कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गर्ने क्रममा बैंकहरुमा भीडभाड बढेको थियो। शेयर कारोबार गर्ने लगानीकर्ताको करण पनि भीडभाड बढिरहेको छ।

लकडाउनकै अवधिमा बाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा लगानी भने बढिरहेको छ। बाणिज्य बैंकहरुले ६ अर्बले निक्षेप बढ्दा १४ अर्बले कर्जा विस्तार गरेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ