वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयको निर्णय

2020-09-04

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको रिक्त एक पदमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ। सचिवालयको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए।

'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

गत फागुनदेखि नै राष्ट्रिय सभामा एक पद रिक्त छ। राष्ट्रपतिबाट मनोनित भएका युवराज खतिवडाको दुई वर्षे पदावधि सकिएसँगै रिक्त रहेको सो पदमा खतिवडालाई निरन्तरता दिने वा गौतमलाई लैजाने भन्नेमा नेकपाभित्र संघर्ष चलिरहेको थियो। प्रधानमन्त्री ओली खतिवडाको पक्षमा थिए। तर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने भनेर गत फागुन १४ गतेकै सचिवालयले निर्णय गरकेो थियो।

त्यस्तै गत साउन ३० गते गठित कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनमा पनि सचिवालयमा छलफल भएको छ। सचिवालयले कार्यदलले मेहनतसाथ काम गरेर पार्टीको समस्या समाधानको स्प्रिट अनुसार महत्त्वपूर्ण सुझाव सहित समयमै प्रतिवेदन पेश गरेकोमा कार्यदललाई धन्यवाद दिने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए।

बैठकको सुरुमै केपी ओलीले देशको पछिल्लो अवस्थाको ब्रिफिङ गरेको प्रवक्ता श्रेष्ठले बताए।

हिजो मात्र बागलुङमा भएको बाढी-पहिरोको क्षतिप्रति सचिवालयको बैठकले दुःख व्यक्त गरेको छ। साथै, उद्धार र राहतको काममा लाग्न सरकारलाई अनुरोध गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ