गोपालचन्द्र राईको शब्दमा 'तक्मे बुढा' र अन्जलीको बेजोड अभिनय (भिडियो सहित)

2020-09-02

काठमाडौँ - गोपालचन्द्र राईको शब्दमा ‘सुँगुरे माया’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रूप कुमार राईको स्वर रहेको गीतको भिडियोमा विल्सन विक्रम राई उर्फ 'तक्मे बुढा', अन्जली अधिकारी र सुरेन्द्र केसी उर्फ मुलाको सागको बेजोड अभिनय रहेको छ।

पूर्वेली भाकामा रहेको गीतको अडियोलाई सङ्गीत तोरेम्पा हाङ, सङ्गीत संयोजन फणीन्द्र राई, मिक्सिङ मिन विष्टले गरेका हुन् भने भिडियोको नृत्य निर्देशनमा चर्चित नृत्य निर्देशक कमल राई, सम्पादन मनोज कार्की, भिडियो नवराज उप्रेतीले गरेका हुन्।

तक्मे बुढाको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गरिबीपन र पछ्यौटेपनको कारण धेरै सन्तानहरू हुने तर आर्थिक अभाव भएको कारण झर्को फर्को गर्ने मायालाई 'सुँगुरे माया'को संज्ञा दिएको गीतकार राईले जानकारी दिए ।

सय बढी गीत लेखिसकेका राईको केही समय अघि ‘रुँदा रुँदै हासेको मान्छे’ गीत सार्वजनिक भइसकेको छ।

'सुँगुरे माया’ म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।

 

हेर्नुहोस भिडियो

 




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ