पाकिस्तानसँगको टेस्ट सिरिजको उपाधि इंग्ल्यान्डलाई

2020-08-26

एजेन्सी - पाकिस्तानसँगको तीन खेलको टेस्ट क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ। वर्षा बाधक बनेको अन्तिम खेल बराबरीमा टुंगिएसँगै सिरिज इंग्ल्यान्डले जितेको हो।

तेस्रो टेस्ट खेलको अन्तिम दिन पाकिस्तानले आफ्नो दोस्रो इनिङमा ४ विकेटको क्षतिमा १८७ रन बनाउँदा खेल सकियो। यसअघि आफ्नो पहिलो इनिङमा पाकिस्तानले २७३ रन बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो इनिङमा ८ विकेटको क्षतिमा ५८३ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो।

इंग्ल्यान्डका लागि ज्याक क्रवली र जस बटलरले टिमलाई उकासेका थिए। क्रवलीले दोहोरो शतक बनाए। उनले २६७ रन बनाउने क्रममा ३४ चौका र एक छक्का प्रहार गरे। उनको यो करिअरकै उच्च स्कोर हो। त्यस्तै, बटलरले शतकसहित १५२ रन बनाए। बटलरको पनि यो टेष्ट करिअरमा अहिलेसम्मकै उच्च स्कोर हो। इंग्ल्यान्डको विशाल स्कोर बनाउने क्रममा क्रवली र बटलरले ३५९ रनको साझेदारी गरे। त्यस्तै, क्रिस वोक्सले ४०, कप्तान जोइ रुट २९ र डोम बेसले अविजित २७ रन बनाए। बलिङतर्फ पाकिस्तानका यासिर शाह, शाहिन शाह अफ्रिदी र फावद आलमले समान २–२ विकेट लिए।

पहिलो इनिङ सकिँदासम्म पाकिस्तान ३१० रनको फराकिलो अन्तरले पछि परेको थियो। २७३ रन बनाउने क्रममा पाकिस्तानमात्रै बनाउन सक्यो। पाकिस्तानका लागि कप्तान अजहर अलीले अविजित १४१ रन बनाए। मोहम्मद रिजवानले ५३, फावद आलमले २१, यसिर शाहले २० र बाबर अजामले ११ रन बनाए। बलिङतर्फ जेम्स एन्डर्सनले ५ विकेट लिए। त्यस्तै, स्टुआर्ट ब्रोडले २ विकेट लिए।

पहिलो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई तीन विकेटले पराजित गरेको थियो। टेस्ट सिरिज इंग्ल्यान्डले जित्न यो खेलले नै मुख्य भूमिका खेल्यो। दोस्रो टेस्ट वर्षाको कारण बराबरीमा टुंगिँदा तेस्रो खेल पनि वर्षाकै कारण बराबरीमा सकियो। अब पाकिस्तानले तीन खेलकै टि–२० क्रिकेट सिरिज इंग्ल्यान्डसँग खेल्नेछ। टि–२० सिरिजको पहिलो खेल म्यान्चेस्टरमा अगस्ट २८ तारिखमा हुनेछ। त्यस्तै, ३० अगस्टमा दोस्रो खेल खेल्ने पाकिस्तानले इंग्ल्यान्डसँग सिरिजको अन्तिम खेल सेप्टेम्बर १ तारिखमा खेल्ने तालिका छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ