तलावाजको लगातार दोस्रो हार, सन्दीपको उत्कृष्ट बलिङ छायाँमा

2020-08-23

काठमाडौं - क्यारेविन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले लगातार दोस्रो हार ब्यहोरेको छ। आइतबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्ससँग तलावाज १४ रनले पराजित भएको हो।

११९ रनको सामान्य चुनौती पछ्याउँदै गरेको तलावाजको ब्याटिङ अहिलेसम्मकै खराब रह्यो। निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०४ रनमात्रै बनाएपछि अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो। ओपनर चाडविक वाल्टन र ग्लेन फिलिप्स शून्यमै आउट भएपछि टिम दबाबमा आएको थियो।

४ रन हुँदा ३ विकेट गुमाएको तलावाजका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाए पनि टिमले जित्न सकेन। उनले ३७ बलमा ५ छक्का र ४ चौका प्रहार गरे। त्यस्तै, कप्तान रोभमन पावेलले २३, आसिफ अलीले १४ रन बनाए। ३ बल खेलेका सन्दीप भने शुन्यमै आउट भए।

टस हारेर पहिले ब्याटिङ गरेको अमेजन वारियर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ११८ रनमात्रै बनायो। उत्कृष्ट सुरुवात गरेकाे अमेजन वारियर्सले पहिलो विकेट ५६ रन बनाउँदा गुमाएको थियो। ब्रान्डन किङले २९ रन बनाएर आउट भएसँगै अमेजनको विकेट पतन सुरु भयो। त्यसपछि चन्द्रपाउल हेमराज र रोस टायलरले समान २१–२१ रन बनाउँदा नभिन उल हकले १४ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, अफगानिस्तानका मुजिब उर रहमान र कार्लोस ब्राथवेटले उत्कृष्ट प्रदर्शन गरे। मुजिबले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै, कार्लोसले ३.१ ओभरमा १४ रन खर्चिएर ३ विकेट नै लिए। सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र ८ रन खर्चिएर २ विकेट लिए।

फ्रेन्चाइज लिगहरुमा सन्दीपको याे अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। ४ ओभर बलिङ गर्ने क्रममा सन्दीपले चौका र छक्का खाएका छैनन्। उनले एक बल वाइड फालेका छन् भने एक पटकमात्रै दुई रन दिएका छन्। उनले १८ बलमा कुनै रन दिएनन्। उनको इकोनोमी रेट २ रहेको छ। सन्दीपले उत्कृष्ट प्रदर्शन गरे पनि टिम भने पराजित भयो। तलावाजको यो तेस्रो खेलमा दोस्रो हार हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ