निषेधाज्ञाको समयमा रेमिट्यान्स सेवा सुचारु रहने

2020-08-21

काठमाडौं - रेमिट्यान्स सेवा निषेधाज्ञाको समयमा पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैङ्कले सबै रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएसँगै त्यस्ता कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका हुन् ।

शुक्रबार राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले त्यस्तो परिपत्र जारी गरेका हुन् । परिपत्रमा विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले निषेधाज्ञा आदेश अवधिभर विष्रेषणसम्बन्धी सेवा उपलब्ध गराउन भनिएको छ ।

यसरी सेवा सुचारु गर्दा निश्चित समयका लागि आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट विप्रेषणको भुक्तानी व्यवस्था मिलाउन, सम्भव भएसम्म बैङ्कबाट भुक्तानी हुने वातावरण बनाउन तथा भीडभाड नगरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न समेत भनिएको छ ।

स्थानीय प्रशासनको निषेधाज्ञा आदेशपछि बैङ्कका कर्मचारीलाई समेत प्रहरीले बाटैमा रोकेको भन्दै बिहीबार उपत्यकाका सबै बैङ्क तथा वित्तीय संस्थाहरु बन्द गरिएका थिए । शुक्रबारदेखि भने बैङ्कका कर्मचारीलाई प्रहरीले आवतजावत गर्न दिएको जनाइएको छ । यो अवस्थामा राष्ट्र बैङ्कले रेमिट्यान्स कम्पनीलाई समेत यस्तो निर्देशन दिएको हो । परिपत्रमा रेमिट्यान्स कम्पनीहरुलाई सेवा सुचारु गर्ने सम्बन्धमा स्थानीय प्रशासनसँग नै समन्वय गर्न समेत सुझाइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ